हेलमेटभित्र लुकाइएको साँढे दुई लाखसहित अनुसन्धान विभागका पूर्वकर्मचारी पक्राउ

२०८२ असार १९, बिहीबार १४:२५
साङ्केतिक तस्बिर

सर्लाही – भारतबाट नेपाल प्रवेश गर्ने क्रममा स्रोत नखुलेको दुई लाख पचास हजार रुपैयाँसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले पूर्वकर्मचारी जितेन्द्र राउतलाई रौतहटको गौरस्थित भन्सार सडक खण्डबाट नियन्त्रणमा लिएको हो। भारतीय बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार राउतको हेलमेटभित्र लुकाइएको उक्त रकम चेकजाँचको क्रममा फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल गण नम्बर ११ गौरका अनुसार पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ। राउतले रकमको स्रोत खुलाउन नसकेपछि थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार