तार चुँडिएर खस्दा करेन्ट लागेर सडकमा कलभर्ट निर्माणको काम गरिरहेका मजदुरको मृत्यु

२०८२ असार २२, आईतवार १९:२२

सर्लाही – महोत्तरीको औरही नगरपालिका–७ स्थित भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणमा खटिएका एक मजदुरको चुँडिएको विद्युत् तारको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको रामगोपालपुर नगरपालिका–५, कञ्चनपुरका ३२ वर्षीय छटु मुखियाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मजदुर सडक निर्माणको काममा व्यस्त रहेका बेला माथिबाट ११ हजार भोल्टको विद्युत् तार अचानक चुँडिएर खसेको थियो। स्थानीयवासीले विद्युत् प्राधिकरणको गम्भीर लापरबाहीका कारण घटना भएको दाबी गरेका छन्।

“यो पहिलो पटक होइन,” एक स्थानीयले भने, “यसअघि पनि यस्तै घटनामा एकजनाको ज्यान गएको थियो, तर जिम्मेवारी कसैले लिएन।” हाल घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार