जनकपुरमा पोखरीमा नुहाउने क्रममा डुबेर दिदीबहिनीको मृत्यु

२०८२ असार २४, मंगलवार ११:२५

सर्लाही – जनकपुरमा पोखरीमा नुहाउने क्रममा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बजार टोलकि चार वर्षीया आरोही कुमारी राउत र तीन वर्षीया मैथिली कुमारी राउत रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान सोहि ठाउँस्थित भैया पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो। पोखरीमा डुबेका उनीहरुलाई तत्काल उद्वार गरि उपचारका लागि अस्पताल लगिए पनि दुवैजनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार