सर्लाही – सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–१४ मा बुधबार राति मोटरसाइकल दुर्घटनामा १९ वर्षीय युवकको मृत्यु भएको हो।
ग.७ प. ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही ठाउँका बिष्णुकुमार महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार उक्त मोटरसाइकलमा सवार अर्का युवक घाइते भएका छन्। उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको र हाल उनको सोहि अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाइएको छ।





