तीन महिनापछि सर्लाहीले पायो नयाँ सहायक सिडियो

२०८२ असार २७, शुक्रबार २०:४४

मलंगवा – तीन महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडियो) विहीन सर्लाही जिल्ला प्रशासन कार्यालयमा नयाँ सहायक सिडियो आएका छन्। गृह मन्त्रालयको सरुवासँगै उपसचिव शिवहरि पोखरेल सर्लाहीमा सहायक सिडियोको जिम्मेवारी सम्हाल्न आएका हुन्।

गएको बैशाखमा तत्कालीन सहायक सिडियो होमप्रसाद घिमिरे श्रम तथा यातायात मन्त्रालयमा सरुवा भएपछि सर्लाही प्रशासनमा उक्त पद रिक्त थियो। प्रशासनिक कामकाज प्रभावित भइरहेका बेला एक साताअघि पोखरेलको सरुवा गरिएको हो।

नयाँ सहायक सिडियो पोखरेल सर्लाहीकै ईश्वरपुर नगरपालिका–५ का स्थायी बासिन्दा हुन्। स्थानीय प्रशासनलाई थप सशक्त बनाउन उनको अनुभवले मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार