सर्लाहीका पाँच गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए

२०८२ असार २७, शुक्रबार २१:२२
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीका पाँच वटा गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। विष्णु गाउँपालिकामा मुकेशकुमार मिश्र, रामनगरमा लालबाबु यादव, ब्रम्हपुरीमा मोहनकृष्णप्रसाद सेठ, धनकौलमा नरेन्द्र यादव र बसबरियामा बृजनन्दन प्रसाद साहलाई सरुवा गरिएको हो।

यी सबै भर्खरै शाखा अधिकृत तहको परीक्षा पास गरेर तालिम सकेका कर्मचारी हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएका पालिकामा अहिलेसम्म स्वास्थ्य वा शिक्षा शाखाका कर्मचारीहरूले निमित्त भएर पालिका चलाउँदै आएका थिए। कानुनअनुसार गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका लागि पठाइन्छन्।

तर कतिपय पालिकामा अध्यक्ष मेयरकै निर्देशनमा आफू अनुकूलका कर्मचारीलाई निमित्त बनाएर पालिका चलाउने चलन कायमै छ। त्यसैले मन्त्रालयले सरुवा गरेर पठाएका कर्मचारीलाई कतिपय पालिकामा हाजिर नै गर्न नदिने, वा तिनीहरू आफैँ जिम्मेवारी लिन नमानेको अवस्था सर्लाही मात्र होइन, मधेसका अरू पालिकामा पनि छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार