सिम्रौनगढ – बारा जिल्लाको सिम्रौनगढस्थित रेडियो बादल ८९ मेगाहर्जले आफ्नो स्थापनाको १२ वर्ष पूरा गर्दै १३ औं वर्षमा प्रवेश गरेको छ। आजबाट औपचारिक रूपमा १३ औं वर्षमा प्रवेश गरेको रेडियोले सफल यात्राका प्रत्येक पाइलामा साथ दिने सबैमा आभार प्रकट गरेको छ।
रेडियोका सञ्चालक नूर आलम बादशाहले शुभकामना सन्देश जारी गर्दै निरन्तर साथ, सहयोग र सद्भाव व्यक्त गर्ने विज्ञापनदाता, श्रोता, शुभेच्छुक र सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। रेडियो बादलले स्थानीय विषयमा केन्द्रित रहेर कार्यक्रम, समाचार उत्पादन र प्रसारण गर्दै आएको छ।

रेडियो बादल बारा, पर्सा, रौतहट, सर्लाहीसहित मधेश कै लोकप्रिय रेडियो हो। अहिले पनि रेडियोबाट बिभिन्न मौलिक, सांसकृतिक, शन्देशमूलक, ज्ञानमूलक गित संगीत र कार्यक्रमहरु प्रसारण हुन्छन। सूचना, संगीत र मनोरञ्जनको क्षेत्रलाई समेट्दै रेडियो बादलले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय सन्देश बोकेको यो एफएमले विगत १२ वर्षमा सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक संरक्षण र सार्वजनिक सरोकारका विषयमा उल्लेखनीय भूमिका खेल्दै आएको छ। रेडियोले आगामी दिनहरूमा पनि स्थानीय समुदायको आवाज बुलन्द पार्न प्रतिबद्ध रहेको बताइएको छ।





