सर्लाही – सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट झण्डै दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले २३ वर्षीय राम उदगार मलाहलाई पक्राउ गरिएको हो।
सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मलाहलाई शुक्रबार राति लागुऔषध गाँजाको ठूलो परिमाण बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनको साथबाट २१२ किलो ९२५ ग्राम गाँजा बरामद गरिएको छ।

उनि सवार मोटरसाइकल प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाईकलमा सवार थिए। उक्त स्थानबाट केहि संलग्न व्यक्तिहरू प्रहरी देख्नासाथ गाडीसहित फरार भएका छन्। उनीहरुको खोजि कार्य भईरहेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





