मालपोत कार्यालयका प्रमुख साँढे २४ लाख घुससहित रंगेहात पक्राउ

२०८२ असार ३१, मंगलवार १७:०६

सर्लाही – मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको सूचनाका आधारमा आचार्यलाई नियन्त्रणमा लिएको हो। उनलाई मात्र होइन, कार्यालयमा कार्यरत सहयोगी टिकाराम राउतलाई समेत आयोगले पक्राउ गरेको छ।

जग्गासम्बन्धी कार्य प्रक्रियामा सेवाग्राहीसँग अवैध रकम मागेको उजुरीपछि आयोगको टोलीले छापा मार्दा उल्लेखित रकमसहित दुवैलाई रंगेहात समातेको बताइएको छ। अख्तियार स्रोतका अनुसार छानबिनका क्रममा घुस रकमसहित प्रमाण भेटिएको छ र अनुसन्धान अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार