सर्लाही – जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्। महिलासम्बन्धी उजुरीका आधारमा उनी गएराति पक्राउ परेका हुन्।
महिला प्रहरी सेलमा परेको गुनासोका आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर, उजुरीको प्रकृति र चौधरीमाथि लगाइएको आरोपबारे प्रहरीले औपचारिक विवरण भने सार्वजनिक गरेको छैन।

वडाध्यक्ष चौधरी यसअघि पनि घुसकाण्डमा मुछिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रकमसहित रंगेहात पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यद्यपि, विशेष अदालतबाट उनी सफाइ पाएका थिए।





