सर्लाही – रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८, जिगडियाचोकमा शुक्रबार साँझ पिकअप भ्यानले ठक्कर दिएको हो।
दुर्घटनामा गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर३०यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको छ। सोहि मोटरसाईकलको पछाडी सवार गरुडा–८ का २५ वर्षीय शम्भु साह घाइते भएका छन्।

घाईतेको अहिले गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको छ। घाईते साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ। पिकअप भ्यानका चालक फरार रहेको उनको खोजि कार्य भईरहेको तथा घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





