६७१ किलो गाँजासहित भारत बिहारका एक जना पक्राउ

२०८२ श्रावण १०, शनिबार २०:३१

सर्लाही – चितवनमा ६७१ किलो गाँजासहित भारत बिहारका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय सेख सबिलाख्तर रहेका छन्। उनलाई शनिबार बिहान चितवनको राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट उक्त परिमाणको अवैध लागूऔषधसहित पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपि ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक उनलाई पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार