२४ घण्टामा मधेसमा वर्षा: सबैभन्दा धेरै सर्लाहीको कर्मैयामा र सबैभन्दा कम सिराहाको गोलबजारमा

२०८२ श्रावण १२, सोमबार १८:१२

सर्लाही – मनसुनको समयमा समेत लामो समयदेखि सुख्खा बनेको मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा केहि वर्षा भएको छ। यस अवधिमा सर्लाहीको कर्मैयामा सबैभन्दा बढी वर्षा भएको छ भने, सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा रेकर्ड गरिएको छ।

सिमरा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ बजेसम्मका वर्षा तथ्याङ्क सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार, सर्लाहीको कर्मैयामा २१.६ मिलीमिटर पानी परेको छ भने गोलबजारमा मात्र ५.४ मिलीमिटर वर्षा भएको छ।

मधेसका ८ जिल्लामध्ये महोत्तरीमा भने वर्षा निकै न्यून मात्रामा देखिएको छ। सप्तरीको कपानी बजारमा २१.४, रौतहटको चन्द्रपुरमा १६.६, बाराको सिमरा विमानस्थल आसपासमा १७.४, पर्साको हान्डी बजारमा १६ मिलीमिटर वर्षा भएको छ।

धनुषाको तुलसीमा ८.४ मिलीमिटर पानी परेको छ भने सिराहाको गोलबजारमा ५.५ मिलीमिटर मात्र वर्षा भएको जल तथा मौसम कार्यालयले जनाएको छ। सहायक मौसमविद् लक्ष्मण प्रसाद कडेँलका अनुसार एउटै जिल्लाभित्र पनि वर्षाको भिन्नता देखिएको छ। कतिपय स्थानमा वर्षा परेको भए पनि केही ठाउँहरुमा पानी परेको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार