विदेश पठाउँने भन्दै लाखौँ रकम ठग्ने सर्लाहीका दुई जनासहित ४ जना पक्राउ

२०८२ श्रावण १३, मंगलवार २०:३२
साङ्केतिक तस्बिर

सर्लाही – वैदेशिक रोजगारीमा पठाउँछौँ भन्दै ठगेको आरोपमा प्रहरीले सर्लाहीका दुई जनासहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सर्लाहीको चक्रघट्टा घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, सर्लाहीको विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राज नारायण महतो, काठमाडौँ महानगरपालिका–४ घर भएका ३५ वर्षीय सुजन बिक र सोलुखुम्बु घर भएका २६ वर्षीय नविन खड्का रहेका छन्।

प्रहरीका अनुसार सुजन बिकले जापान पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको अनुसन्धानबाट थाहा भएको छ। सतेन्द्र अधिकारीले ९० हजार र नविन खड्काले ३ लाख ठगी गरेको आरोप छ । कुवेत पठाउँछु भनेर राज नारायण महतोले २ लाख ५० हजार ठगेको भेटिएको छ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार