बारा – बाराको आदर्श कोतवाल गाउँपालिका–१, जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयलाई महागढीमाई फाउण्डेशनले शैक्षिक सामग्री सहयोग गरेको छ। महागढीमाई फाउण्डेशनले विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ प्रक्रिया सहज बनोस् भन्ने उद्देश्यले चार थान ह्वाइट बोर्ड प्रदान गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका संरक्षक सुनिल प्रसाद कुशवाहा, उपाध्यक्ष सन्तोष कुमार कुशवाहा तथा कार्यकारिणी सदस्यहरू राकेश प्रसाद कुशवाहा, मनोज प्रसाद चौरसिया, जियालाल प्रसाद कुशवाहा, राजेश्वर प्रसाद कुशवाहा र जयराम प्रसाद कुशवाहा लगायतको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूर आलम बादशाहका अनुसार उक्त सामग्री विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। फाउण्डेशनले शिक्षाको गुणस्तर सुधारका लागि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ।
विद्यालय परिवारले सहयोगप्रति फाउण्डेशनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप सल्लाह, सुझाव र सहकार्यको अपेक्षा गरेको छ। यस खाले सहकार्यले सामुदायिक विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





