सर्लाहीमा घर भत्किँदा बालकको मृत्यु, अन्य पुरिएको आशंका

२०८२ श्रावण १४, बुधबार १८:२९

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा एक पुरानो दुई तले पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

शनिबार साँझ करिब ४ः३० बजे स्थानीय नविन सिंहको घर भत्किँदा घरको आँगनमा खेलिरहेको स्थानीय गौतम माझीका छोरा अन्दाजी ६ वर्षीय बालक अरुण माझीको घटनास्थलमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार भत्किएको घरमा थप व्यक्ति पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ। सोहि अनुसार खोज तथा उद्धार कार्य जारी राखेको छ।

घटनापछि प्रहरी चौकी नाढिमनबाट खटिएको चार जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमान्डमा जेसिबी सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

अहिले भत्किएको संरचना हटाउने र उद्धार कार्य तीव्र पारिएको छ। घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार