सर्लाही – महोत्तरीमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा रहेको प्रहरीले जनाएको छ। उनको बुधबार साँझ दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।






