जनकपुरमा खुकुरी प्रहार प्रकरण: १५ वर्षीया अञ्जलीको हत्या गरि फरार रहेका रामबाबु पक्राउ

२०८२ श्रावण १५, बिहीबार १२:५०
साङ्केतिक तस्बिर

सर्लाही – धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको हत्या गरि फरार रहेका आरोपी रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले धनुषा जिल्लाको महेन्द्रनगरस्थित इच्छापुर टोलको एक घरमा लुकेर बसिरहेको सूचनाका आधारमा छापा मारेर उनलाई बिहिबार राति पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी विस्तृत सोधपुछ भइरहेको मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले जनाएका छन्।

गत मंगलबार जनकपुरधाम उपमहानगरपालिकास्थित सञ्चय कोष नजिक बस्ने आशा यादवसँगको विवादका क्रममा साहले खुकुरी प्रहार गरेका थिए। सो घटनामा आशाकी छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो।

उनको खुकुरी प्रहारबाट अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका थिए। उनीहरुको अहिले उपचाररत छन।

यो पनि पढ्नुहोस:
जनकपुरमा अन्धाधुन्ध खुकुरी प्रहार: किशोरीको मृत्यु, आमा र अर्की बालिका गम्भीर घाइते

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार