सर्लाही – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज सर्लाही आउँने भएका छन्।
लालबन्दी नगरपालिका–१५ स्थित ऐतिहासिक बोहोरे डाँडामा निर्माण सम्पन्न भएको मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको भव्य उद्घाटन समारोहमा सहभागी हुन उनी सर्लाही आउन लागेका हुन्। नेकपा (एकीकृत समाजवादी) पार्टीका अनुसार उक्त भवन आधुनिक सभाहलसहित पूर्णरूपमा व्यवस्थित रूपमा निर्माण गरिएको छ।

यसले मधेशमा राजनीतिक चेतना, पार्टी प्रशिक्षण र वैचारिक क्रियाकलापका लागि महत्वपूर्ण थलोको रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। पार्टीले उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरेको छ।





