महोत्तरीमा ट्रकको ठक्करबाट सर्लाहीका एक युवकको मृत्यु

२०८२ श्रावण १७, शनिबार १९:००
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीको बर्दिबास नगरपालिका–१० वनपथ चोकस्थित सडकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो प्र–२–०३–००१ ख ६४६१ नम्बरको ट्रकले म.प्र ०२–००८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परेर सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुर क्याम्पस चोकका ३८ वर्षीय नरकुमार आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार