कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने

२०८२ श्रावण १८, आईतवार १०:५१

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम यही साता सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार तीनदेखि चार दिनभित्र नतिजा प्रकाशन गरिनेछ।

हामी सम्भव भएसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौँ, अध्यक्ष शर्माले बताए। गत वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरिबाट ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी भएका थिए।

तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्ष बोर्डले वैशाख ११ गतेबाट परीक्षा सञ्चालन गर्ने योजना बनाएको भए पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछि सरेको थियो।

कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिने भएकाले यस नतिजाले विद्यार्थीको उच्च शिक्षा र भविष्यको दिशानिर्देश तय गर्नेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार