नुहाउने क्रममा बेपत्ता युवकको शव नहरमा भेटियो

२०८२ श्रावण १८, आईतवार १५:०३
सांकेतिक तस्बिर

सर्लाही – बागमती नदीमा बेपत्ता भएका एक भारतीय युवकको शव १५ किलोमिटर टाढा फेला परेको छ।

शनिबार दिउँसो नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारत बिहार खगडिया जिल्लाका ३० वर्षीय रोहित कुमार सिंहको शव आइतबार रौतहटको गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नहरमा भेटिएको हो।

सिंहले चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित झोलुंगे पुल नजिक मादक पदार्थ सेवन गरेपछि बागमती नदीमा नुहाउन प्रवेश गरेका थिए। त्यही क्रममा नदीमा आएको आकस्मिक भेलले उनलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्का र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोजी थालेको थियो। खोजीको क्रममा घटनास्थलदेखि झण्डै १५ किलोमिटर पश्चिममा उनको शव फेला परेको हो।

सिंहको शवलाई सुरक्षाकर्मीहरूले उद्धार गरी चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार