पर्सामा घरायसी विवादपछि पत्नीको हत्या, पति पक्राउ

२०८२ श्रावण १८, आईतवार २०:२३
सांकेतिक तस्बिर

सर्लाही – पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा एक युवकले पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जिराभवानी–५ निवासी ३२ वर्षीय जीतेन्द्र माझी रहेका छन्।

उनीमाथि शनिबार साँझ करिब साढे ६ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा २४ वर्षीया पत्नी असपतलीया देवी मुसहरमाथि हात, मुक्का र लठ्ठीले प्रहार गरी हत्या गरेको आरोप लागेको छ। खासगरी घाँटीमा चोट पुर्‍याइएपछि महिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट शंकरसरैयाबाट प्रहरी सहायक निरीक्षक विकाउ साहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। सम्भावित भाग्ने मार्गहरूमा सुराकी र समन्वय गरी माझीलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार