सर्लाही – पर्सामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभठ्ठा घर भई वीरगन्ज-१६ इनर्वागाउँ बस्दै आएका ४० वर्षीय साहेव खाँ रहेका छन्।
प्रहरीका अनुसार उनलाई एक अपरिचित व्यक्तिले कटुवा पेस्तोल साथमा लिइ सर्वसाधारणलाई डरत्रास देखाउँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको आइतबार साँझ वीरगन्ज–१६ इनर्वागाउँको मस्जिद नजिकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका उनीमाथि हातहतियारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





