सर्लाहीमा ११ वर्षीय बालक बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

२०८२ श्रावण २०, मंगलवार ०८:०२

सर्लाही – सर्लाही जिल्लाको विष्णु गाउँपालिका–८, बत्रौल निवासी जुगेश्वर यादवका ११ वर्षीय छोरा अमन राय यादव सोमबार बिहानदेखि बेपत्ता भएका छन्।

परिवारका अनुसार बालक अमन हिजो (साउन १९ गते) बिहान करिब ६ बजे घरबाटै हराएका हुन् भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले सबैमा खोजीमा सहयोग गर्न अनुरोध गरेका छन्।

यदि कोही व्यक्तिले अमनलाई फेला पार्नु भएको छ भने नजिकको प्रहरी चौकीमा जानकारी दिन वा बालकका पिता जुगेश्वर यादवको मोबाइल नम्बर ९८६३५६८३७९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। परिवारले बालकलाई फेला पार्न सहयोग गर्ने व्यक्तिलाई उचित सम्मान र धन्यवाद प्रकट गर्ने पनि जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार