मलंगवा – सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको उनि सवार ज ५ प २२०८ नम्वरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयले मिर्चैया चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । उनीहरूले बाँके – सङ्ग्रामपुर सडकखण्डमा बिहानैदेखि प्रदर्शन गर्दै आएका छन् । मृतकको शव पोष्टमार्टमका लागि मलङ्गवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार टायरगाढा कानुनतः दर्ता आवश्यक नपर्ने सवारीमा पर्छ र चालकसँग लाइसेन्सको व्यवस्था नहुने भएकाले पक्राउ नगरेको बताइएको छ ।





