सर्लाही – सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच आज महत्वपूर्ण छलफल जारी छ।
बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म राय दिन आह्वान गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ विषयमा गम्भीर छलफल भइरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

बैठकमा सहभागी नेताहरूले उक्त कार्यविधिका कतिपय प्रावधानहरू वर्तमान संविधान, कानुन र प्रचलित ऐनसँग असमर्थित रहेको भन्दै साझा धारणा बनाउने उद्देश्यले बैठक आह्वान गरिएको बताएका छन्।
बैठकले कार्यविधिको संवैधानिक मान्यता, दलहरूको स्वायत्तता र कानुनी दायराबारे गहिरो विश्लेषण गर्दै निर्वाचन आयोगलाई एकीकृत सुझाव पेश गर्ने तयारी गरेको छ।





