सर्लाही – बारामा घर नजिकैको छठघाटको पोखरीमा डुबेर सात बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको कलैया उपमहानगरपालिका-३ गंगापुरमा घर नजिकैको छठघाटको पोखरीमा डुबेर स्थानीय रामईश्वर साहका सात वर्षीय छोरा संजित साहको मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार छठ पूजाका लागि बनाइएको पोखरीमा जमेको पानीमा उनलाई डुबेको अवस्थामा देखेपछि स्थानीयले अस्पताल लागेका थिए। उनलाई अस्पतालमा पुर्याउन बित्तिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए।






