३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ श्रावण २१, बुधबार १९:४९

सर्लाही — नेपाल प्रहरीका ३५ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पदोन्नत भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकारको गृहमन्त्रीस्तर र सचिवस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा ११ जना, नायव उपरीक्षकबाट उपरीक्षकमा ११ जना, र निरीक्षकबाट नायव उपरीक्षकमा १३ जना गरी ३५ जना अधिकृतहरू पदोन्नति भएका थिए।

दर्ज्यानी चिन्ह प्राप्त गर्ने वरिष्ठ उपरीक्षकहरूमा तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्।

त्यस्तै उपरीक्षक पदमा पदोन्नति हुनेहरूमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन्।

नायव उपरीक्षकमा बढुवा भएका अधिकारीहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल छन्।

समारोहमा आईजीपी थापाले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै संगठनप्रतिको जिम्मेवारी अझै बढेको भन्दै इमान्दार, निष्पक्ष र जिम्मेवार भएर काम गर्न निर्देशन दिए।

कार्यक्रममा वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले पदोन्नति प्राप्त सबैको तर्फबाट मन्तव्य राख्दै संगठनको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, अन्य वरिष्ठ अधिकृतहरू तथा प्रहरी जवानहरूको समेत उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार