धनुषामा सशस्त्र प्रहरीले चलायो ४ राउण्ड गोली, सशस्त्र प्रहरीसहित ३ जना घाइते

२०८२ श्रावण २१, बुधबार २२:३१

सर्लाही – धनुषाको बिदेह नगरपालिका–२ स्थित दुहबीको आँप बगैंचामा मंगलबार सशस्त्र प्रहरीले चार राउण्ड गोली चलाएको छ।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको अवैध सामान बरामद गर्ने क्रममा विवाद भएपछि गोली चलाएको हो। प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा केही व्यक्तिहरू अवैध रूपमा सामान ल्याउँदै गर्दा सुरक्षाकर्मीले रोकेका थिए।

त्यही क्रममा स्थानीयको भीड जम्मा भई ढुंगा मुढा गर्न थालेपछि आत्मरक्षाको लागि चार राउण्ड गोली चलाउनुपरेको प्रहरीको भनाइ छ। घटनामा सशस्त्र प्रहरीसहित तीन जना घाइते भएका छन्। स्थिति अहिले नियन्त्रणमा रहेको जनाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गएराती मात्र सप्तरीको राजगड गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ४५ वर्षीय लालु यादवको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर गोलि चलाउने प्रहरीलाई कारवाहीको माग गर्दै आज दिन भर सप्तरीमा तनाव थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार