सर्लाही – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा कार्यरत एक क्रेन अपरेटरको क्रेनबाटै फलामले लाग्दा मृत्यु भएको छ।
भारतको उत्तर प्रदेशस्थित ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव सोमबार राति क्रेन सञ्चालन गर्दै गर्दा उठाउँदै गरिएको फलाम आफैँमाथि खस्दा गम्भीर घाइते भएका थिए।

टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।





