सर्लाही – सर्लाहीको बलरामा दुई समूहबीच झडप भएको छ। गएराती बलरा नगरपालिका–१, जब्दी टोलमा दुई समूहबीच झडप भएको हो।
बुधबार राति रामनगर गाउँपालिका–१ खैर्वाका रोहित कुमार सहनी करिब ९:१५ बजे घर फर्कंदै गर्दा प्राथमिक विद्यालय अगाडि ५–७ जनाको समूहले उनलाई लुटपाट र कुटपिट गरेको खबर आएपछि प्रहरीको टोलि घटनास्थलमा खटिएको थियो।

सोहि बिषयमा दुई समूहबिंच झडप भईरहेको रहेछ, प्रहरीको टोलीले झडप नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय बलराका सई गौरीशंकर साहसहित तिन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले धड्कन एफएमसँग बताए।
अहिले अवस्था पूर्णरुपमा नियन्त्रणमा आईसकेको र सामान्य घाइतेहरु पनि सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भईसकेका छन्। यस बिषयमा थप अनुसन्धान भईरहेको छ।





