गोडैता – सर्लाहीको विष्णु गाउँपालिका–८, बत्रौलबाट साउन १९ गते बिहानदेखि बेपत्ता भएका ११ वर्षीय बालक अमन राय यादव सकुशल फेला परेका छन्। अमन सोमबार बिहान करिब ६ बजे घरबाट हराएका थिए।
परिवारले खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि प्रहरी र सर्वसाधारणसँग सहयोगको अपिल गरेको थियो। अमनको खोजीमा सर्लाही जिल्ला प्रहरी कार्यालय सक्रिय रूपमा लागेको थियो। प्रहरीको सक्रियता र परिवारको समन्वयमा अमन बुधबार फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार अमन आफ्नै घरमा अर्की आमासँग फेला परेका थिए। प्रहरीले बालकलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जनाएको छ।
सम्बन्धित खबर:
– सर्लाहीमा ११ वर्षीय बालक बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह





