जनमत पार्टीका उपाध्यक्ष दीपक कुमार साह पार्टीबाट निष्कासित

२०८२ श्रावण २२, बिहीबार २०:४१

सर्लाही – जनमत पार्टीले आफ्ना उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्यसचिव अनिताकुमारी मण्डलद्वारा जारी विज्ञप्तिमा साहमाथि पार्टीविरोधी क्रियाकलापमा निरन्तर संलग्न रहेको आरोप लगाइएको छ।

विज्ञप्तिअनुसार साहले पार्टी फुटाउनका लागि भेला, गुटबन्दी तथा अन्य योजनाहरू संचालन गरेका थिए, साथै सञ्चारमाध्यममार्फत पार्टीविरुद्ध अभिव्यक्ति दिई पार्टीको छवि धुमिल बनाउने काम गरेका थिए।

साथै, उनले पार्टीका नीति, कार्यक्रम, निर्णय तथा अनुशासनविपरीत गतिविधि गर्दै जनमत पार्टीको मर्यादा र प्रतिष्ठामा आघात पु¥याएको आरोपसमेत लगाइएको छ। पार्टीको विधान २०७५ को धारा ३९ (क) अन्तर्गतका उपधारा १, ३, ४, ५, ६, ७, ९, १०, १२ र १५ को उल्लंघन भएको ठहर गर्दै उनलाई निष्कासन गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार