बलरामा मोटरसाइकलको ठक्करबाट कार्यपालिका सदस्यको मृत्यु

२०८२ श्रावण २३, शुक्रबार १४:४५
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट कार्यपालिका सदस्यको मृत्यु भएको छ। बलरा नगरपालिका – ११ मा आज बिहान मोटरसाइकलले ठक्कर दिँदा कार्यपालिका सदस्यकोको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बलराका अनुसार आज बिहान करिब १०:३० बजे वडा कार्यालय नजिक बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल यात्री ५५ वर्षीया चन्दा देवी बैठालाई ठक्कर दिएको थियो।

टाउकोमा चोट लागेकी बैठालाई स्थानीय अचलगढ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। तर, अस्पताल पुगेको करिब १२:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय जितेन्द्र ठाकुर पनि घाइते भएका छन्। उनको मलंगवामा उपचारपछि थप उपचारका लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ। घटना इलाका प्रहरी कार्यालय बलरादेखि करिब ३ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार