गोडैता – बलरा नगरपालिका–११, छतौनाकी वडा दलित महिला सदस्य चन्दा देवी बैठाको निधनप्रति बलरा नगरपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
नगरपालिकाले शुक्रबार जारी गरेको शोक सन्देशमा बैठालाई शालिन, कुशल जनप्रतिनिधि र महिला नेतृका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट गरिएको छ।

दुःखद घडीमा मृत आत्माप्रति सम्मान व्यक्त गर्न बलरा नगरपालिकाले आगामी श्रावण २५ गते आइतबार नगरपालिका कार्यालय तथा अन्तर्गतका सम्पूर्ण निकाय र कार्यालयहरू बन्द रहने जनाएको छ।
सदस्य चन्दाको वडा कार्यालय नजिकै पैदल यात्राका क्रममा आज बिहान करिब १०:३० बजे वडा कार्यालय नजिक बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको दिउँसो १२ बजे उपचारका क्रममा निधन भएको थियो।
सम्बन्धित खबर:
– बलरामा मोटरसाइकलको ठक्करबाट कार्यपालिका सदस्यको मृत्यु





