बञ्चरो प्रहार गरि दाईको हत्या

२०८२ श्रावण २४, शनिबार १२:४०
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको राजविराज नगरपालिका–२, पडरिया गाउँमा एक भाइले दाजुको हत्या गरेका छन्। प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि स्थानीय नरेन्द्र झाले आफ्नै दाइ लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका थिए।

घाइते अवस्थामा विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएका ४० वर्षीय लोकेन्द्रको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार