सर्लाहीमा खेतमा काम गर्न जाँदै गरेका वृद्धको खोलाले बगाएर मृत्यु

२०८२ श्रावण २५, आईतवार १९:०२
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कविलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान जमिर खेतमा काम गर्न लखन्देही खोला पार गर्दै गर्दा बरहथवा नगरपालिका–१६ क्षेत्रबाट आएको बाढीमा परेका थिए। परिवारले उनी बेपत्ता भएको खबर दिएपछि गरिएको खोजीमा दिउँसो बरहथवा नगरपालिका–१७ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित खोलाको किनारमा उनको शव फेला परेको थियो।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। गएराति चुरे क्षेत्रमा परेको अविरल वर्षाले लखन्देहीसहितका स्थानीय खोलामा बिहानैदेखि बाढी आएको थियो। यस्तै गएसाँझ जिल्लाकै बलरा नगरपालिकामा पनि खोलो तर्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार