माओवादी नेता श्रेष्ठ र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

२०८२ श्रावण २६, सोमबार ११:५०

सर्लाही – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच हात्तीबनस्थित श्रेष्ठको निवासमा भेटवार्ता सम्पन्न भएको छ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति तथा समसामयिक मुद्दाबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ। हालका दिनमा श्रेष्ठ विभिन्न दलका नेताहरूसँग निरन्तर संवादमा रहेको देखिन्छ।

यसअघि उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लुस्थित निवासमा भेटेका थिए भने त्यसभन्दा अघिल्लो दिन आफ्नै निवासमा सोही पार्टीका महासचिव घनश्याम भुसालसँग समेत भेटघाट गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार