सर्लाही – पर्सामा खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दुई जना बालकको मृत्यु भएको छ।
जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर– २ हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो। यस सम्बन्धि थप अनुसन्धान भईरहेको छ।





