सर्लाही – सप्तरीमा बगैचाबाट करिब एक क्विन्टल गाँजा बरामद भएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला किनारको बगैचाबाट करिब ९८ किलो गाँजा बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका नायव उपरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको टोलीले नेपाल प्रहरीसँगको संयुक्त अभियानमा उक्त गाँजा बरामद गरेको हो।

बेवारिसे अवस्थामा पाँच पोकामा राखिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





