सर्लाही – नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा एमालेलाई जग्गा कब्जा गर्ने प्रवृत्तिसँग जोड्दै आलोचना गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले “जहाँ खाली जग्गा हुन्छ, त्यहीं एमाले पुग्छ” भन्दै व्यंग्यात्मक टिप्पणी गरे।
उनका अनुसार एमाले नेताहरूले गोकर्ण रिसोर्ट, लिचीबारीदेखि गिरीबन्धु टी-स्टेटसम्मका ठूला जग्गा कब्जा गर्नतर्फ ध्यान केन्द्रित गरेका छन्। भूमि सम्बन्धी विधेयकमाथि कांग्रेस सांसदहरूले राखेका संशोधन प्रस्ताव छलफलमै प्रवेश गर्न नदिएको गुनासो गर्दै कोइरालाले भूमिसुधार मन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने माग पनि दोहोर्याए।

त्यस्तै, सङ्घीय निजामती सेवामा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रयास एमालेतर्फबाट भएको भन्दै उनले त्यसलाई अब लुकाउन नसक्ने अवस्था आएको स्पष्ट पारे। एमालेलाई ‘छलकपट गर्ने पार्टी’को रूपमा व्याख्या गर्दै कोइरालाले एमालेका गतिविधिहरूप्रति कांग्रेस सदैव सचेत रहने बताए।





