घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

२०८२ भाद्र २, सोमबार २१:४२
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका – २, सीतापुरकि स्थानीय ७२ वर्षीया सजनी सदा रहेकी छन्।

प्रहरीका अनुसार आज घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार