टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारत पुर्‍याइएकी १५ वर्षीय किशोरीको उद्धार

२०८२ भाद्र ३, मंगलवार ०८:३३

सर्लाही – टिकटकमा चिनजान भएपछि बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्‍याइएकी १५ वर्षीया किशोरीलाई पर्सा प्रहरीले १८ दिनपछि सकुशल उद्धार गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको टोलीले सीमाक्षेत्रबाट बालिकालाई फेला पारेको हो।

रौतहटको कटहरिया नगरपालिका–४ की ती किशोरी गत साउन १२ गतेदेखि हराएकी थिइन्। परिवारका अनुसार २२ वर्षीय युवकले ललाइफकाएर मोटरसाइकलमै भारत पुर्‍याएका थिए। खोजतलासका क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा पोस्ट गरिएका फोटोमार्फत बालिकाको अवस्थाबारे जानकारी पाएपछि उनको बाटो पत्ता लागेको हो।

तर खबर सार्वजनिक हुनासाथ मुस्लिम समुदायका युवकको परिवारले बालिकालाई रातारात भारतको बिहार रामनगरस्थित आफन्तको घरमा लुकाएको खुलासा भएको थियो। बालिकालाई प्रहरीको टोलीले सकुशल परिवारमा बुझाइएको छ। उनलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार