माओवादी केन्द्रका पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजा पक्राउ

२०८२ भाद्र ३, मंगलवार १३:१२

सर्लाही – प्रहरीले नेकपा (माओवादी केन्द्र) का पूर्वजनमुक्ति सेना रहेका मंगलसिंह प्रजालाई पक्राउ गरेको छ। प्रजालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज ( मंगलबार ) काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रजाले ‘कानुनद्वारा प्रतिबन्धित’ तस्बिर/भिडियो आफ्नो फेसबुक पेज र अरू विभिन्न सामाजिक सञ्जालमार्फत पोस्ट/सेयर गर्ने गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार