सर्लाही – बारामा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोल बस्ने करिब ४० वर्षीया पार्वती महतो रहेकी छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित महतोलाई पक्राउ गरेको हो ।

महतोले घरभित्र कपडाको झोलामा राखिएको प्लाष्टिकको सानो बट्टाभित्र लुकाइराखेको अवस्थामा लागुऔषध ब्राउनसुगर भेटिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





