मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित बिद्युत वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज (बुधबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। वितरण केन्द्रका अनुसार ११ केभी नयाँ लाइन निर्माणका लागि बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिनेबारे हिजो सूचना जारी गरि जानकारी गराएको हो।
सोही अनुसार आज बिहानैदेखि जिल्लाका ब्रम्हपुरी, भेल्ही, त्रिभुवननगर, पिपरा, नोकैल्वा, चन्द्रनगर, सखुवा र मलंगवाको टावरचोकलगायत क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ। काम सम्पन्न समयमै सम्पन्न भए छिट्टै नभए दिउँसो १ बजेसम्म बिद्युत आपूर्ति सुरु हुने केन्द्रले जनाएको छ।

बिजुली बन्द हुँदा गर्मीको समयमा स्थानीयवासी र व्यवसायीहरू प्रभावित बनेका छन्। स्थानीयवासीले मलंगवा, हरिपूर्वा र गडहिया क्षेत्रमा बारम्बार हुने विद्युत अनियमितताप्रति आक्रोश व्यक्त गर्दै दीर्घकालीन समाधानको माग गरेका छन्।





