रौतहटमा छुरा प्रहार गरि एक युवकको हत्या, एक जना पक्राउ

२०८२ भाद्र ४, बुधबार १६:३२

सर्लाही – रौतहटमा छुरा प्रहार गरि एक युवकको हत्या गरिएको छ। जिल्लाको गौर नगरपालिका–५ स्थित गौरीशंकर क्याम्पस नजिक आज दिउँसो अन्दाजी १८ वर्षका एक युवकको छुरा प्रहार गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार मृतक युवकको परिचय खुल्न सकेको छैन। छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उद्धार गर्न प्रयास गरिएको थियो तर घटनास्थलमै मृत्यु भएको बताईएको छ।

घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनामा संग्लग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका युवकको परिचय खुलाएको छैन। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार