सर्लाही – रौतहटको गौरमा छुरा प्रहारबाट मृत्यु भएका युवकको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक जिल्लाको यमुनामाई गाउँपालिका – ५ का २२ वर्षीय सहाबुद्धिन मिया रहेका छन्।
बुधबार दिउँसो गौर नगरपालिका – ५ मा सहाबुद्धिनमाथि गौर – ३ का सनोज रामले छुरा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले जानकारी दिए।

प्रहरीका अनुसार दुवै जना बीच गाँजा सेवन गर्ने क्रममा वादविवाद भएपछि सनोजले सहाबुद्धिनमाथि छुरा प्रहार गरेका हुन्। घटनास्थलबाट गाँजा सेवनका लागि प्रयोग हुने ‘वाटर गन’ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि आरोपी सनोज रामलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर:
– रौतहटमा छुरा प्रहार गरि एक युवकको हत्या, एक जना पक्राउ





