मधेशमा शैक्षिक आपतकाल घोषणा गर्न ओलीको ७ बुँदे माग

२०८२ भाद्र ५, बिहीबार १८:०७

सर्लाही – राप्रपाकी नेतृ खुश्बु ओलीले मधेश प्रदेशलाई शैक्षिक आपतकाल घोषणा गर्नुपर्ने माग अघि सारेकी छन् ।

सुख्खाग्रस्त घोषित यस प्रदेशमा शिक्षा क्षेत्र दिनानुदिन कमजोर हुँदै गएको भन्दै उनले प्रदेश सरकारले विशेष नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखेकी हुन् । बिहीबार मुख्यमन्त्री शतिसकुमार सिंहलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ओलीले यस वर्षको एसईई नतिजा प्रदेशका लागि चिन्ताजनक बनेको बताइन् ।

राष्ट्रियस्तरमा ६२ प्रतिशत विद्यार्थीले मात्र उत्तीर्ण भए पनि मधेशमा पास हुने दर २८ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै उनले करिब ७२ प्रतिशत ‘नन ग्रेडेड’ विद्यार्थीको भविष्यबारे गम्भीर विचार गर्न सरकारलाई आग्रह गरिन् ।

उनका अनुसार कक्षा ९ र १० मा विद्यार्थी झर्ने दर बढ्दै गएको छ भने समग्र शैक्षिक वातावरण खस्कँदो अवस्थामा पुगेको छ । यस्तो परिस्थितिमा प्रदेश सरकारले शिक्षा क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरेर आवश्यक सुधार कार्यक्रम ल्याउनुपर्ने उनको जोड थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार